मन्त्रिपरिषद् बैठकका निर्णयहरु यस्ता छन् (पूर्णपाठ)



काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् ।

निर्णयअनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा.योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको छ भने कार्यकारी निर्देशक पदम विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ ।

यसैगरी विभिन्न देशमा कार्यरत महावाणिज्जय दूतहरुको पदावदी थप गर्ने निर्णय भएको छ भने शिक्षक सेवा आयोगका अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि सिफारिस गर्न एक समिति गठन गर्ने निर्णय भएको ज्ञवालीले बताए ।

https://drive.google.com/file/d/1PxD6tzm6s9tUu1wfwaZsCOCB9Y9sXzH1/view?usp=sharing

प्रतिक्रिया दिनुहोस्