
बाला फाउण्डेशनले ३० औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नुवाकोटकी ११८ बर्षीय बाटुली लामिछानेलाई उनको निवासमै पुगेर अध्यक्ष भवानी दाहाल सहितको टोलीले सम्मान गरेको छ ।
फाउण्डेशनको पहलमा प्रदेश सांसद बद्रि मैनालीले १० लाख दिने घोषणा गर्दै १५ हजार नगद हस्तान्तरण गरेका छन् । लामिछानेलाई खाना खान सजिलो होस् भन्ने उद्येश्यले थर्मस, मिक्चर, लत्ताकपडा वितरण गरिएको फाउण्डेशनकी अध्यक्ष भवानी दाहालले परिवर्तन खबरलाई बताइन् ।
स्वास्थ्य राज्यमन्त्री नवराज रावतको प्रमुख आतिथ्य, फाउण्डेशन सदस्य देवी रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक समाजका केन्द्रीय अध्यक्ष मोहन बहादुर केसी, प्रदेश सभा सदस्य बद्री मैनाली लगायत समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।





