रोट्रयाक्ट क्लब अफ रुद्रमतीको पूर्वअध्यक्ष ओझाद्धारा पदभार हस्तान्तरण



काठमाडौँ । रोट्रयाक्ट क्लब अफ रुद्रमतीको २०२०/०२१ को अध्यक्षमा रमेश तिमिल्सिनालाई क्लबका पूर्व अध्यक्ष समिता ओझाले पदभार हस्तान्तरण गर्नुभएको छ ।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा पदभार हस्तान्तरण गर्नुहुँदै पूर्वअध्यक्ष ओझाले वर्षभरी गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा क्लवका एतिहासिक कार्यक्रमहरू भएको जानकारी दिनुभयो । “मेरो कार्यकालमा गर्न नसकेको काम नयाँ कार्यकालले गर्नेछ भन्ने आशा राखेको छु”, उहाँले भन्नुभयो ।

सो अवसरमा रोटारीयन सुदिप कोइरालाले रोट्रयाक्ट क्लब अफ रुद्रमतीको इतिहास लामो रहेकोले र यसले समाजमा धेरै राम्रा कामहरू गरेको भन्दै अगामी दिनमा त्यसलाइ निरन्तरता दिन सुझाव दिनुभयो । रोटरी क्लब अफ रुद्रमतीका रोटारीयन रोशन कार्कीले रोट्रयाक्ट क्लब र रोटरी क्लब अफ रुद्रमतीको साझेदारीलाइ अझै मजबुत बनाउन आफुहरू सहयोगका लागि सधै तत्पर रहेको बताउनुभयो ।

पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा क्लवका एतिहासिक (विगतका) कार्यक्रमहरूलाइ निरन्तरता दिँदै यस वर्ष क्लबका प्रशासनिक, अर्थिक र परियोजनागत पाटाहरूलाई विगतका भन्दा उचाइमा लग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले यस वर्ष क्लबले आफ्ना सदस्यहरूको व्यक्तित्व विकास गर्दै एक आपसमा र अन्य रोट्रयाक्ट क्लबहरूसँगको फेलोसिपलाई विभिन्न कार्यक्रममार्फत प्रवद्र्धन गर्ने योजनामाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएर ब्याच वितरण गर्नुका साथै २०१९-२० मा क्लबलाइ प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने रोटारीयन तथा रोट्रयाक्टरहरूलारइ मायाको चिनो प्रदान गरीएको थियो । कार्यक्रममा बर्ष २०१९-२० मा क्लबका कार्यक्रममा सक्रिय सहभागिता जनाउने रोट्रयाक्टर सिम्रन ढकाललाइ उत्कृष्ट रोट्रयाक्टरको अर्वाड प्रदान गरिएको थियो ।

प्रत्यक्ष रुपमा उपस्थित हुन नसक्ने सदस्यहरुले अनलाइन जुम एप मार्फत सहभागिता जनाएका थिए । पुर्व अध्यक्षहरु प्रकाश भुषाल, ज्योति पोडेल लगायतको आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा रोट्रयाक्ट क्बल अफ रुद्रमतीका सचिव सिम्रन ढकालले स्वागत मन्तव्य तथा सह-कोषाध्यक्ष रेम्शा प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्