तुरुन्त वार्ता गर, समाधान खोज, डा.केसी बाँच्नुपर्छ : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा.गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

डा.केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरेको डा.भट्टराईको भनाइ छ ।

सरकारको यो बेवास्ताप्रति डा.भट्टराईले ट्वीटरमा लेखेका छन् २३ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?

डा.भट्टराई थप लेख्छन्, तुरुन्त वार्ता गर, समाधान खोज । डा.केसी बाँच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्