
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको ३ दिनमै टम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ट्रम्पले अहिले आफूले निकै राम्रो महशुस गरिरहेको जानकारी दिएका छन् । तर उनको उपचार भने भैरहने छ । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् ।





