कोरोना कहरबीच ७८ नेपाली शान्ति सेनाको पहिलो डफ्फा दक्षिण सुडान प्रस्थान



काठमाडौं । विश्वव्यापी कोरोना कहरकैबीच ७८ जना नेपाली शान्ति सैनिकको टोली शान्ति स्थापनार्थ दक्षिण सुडान प्रस्थान गरेको छ ।

नियमित प्रक्रिया अनुसार आज बिहान नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन सुडान प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । सेनाले दक्षिण सुडानको शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदल बदल भएको जानकारी दिएको छ ।

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही असोज २० गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्