
काठमाडौं । विश्वव्यापी कोरोना कहरकैबीच ७८ जना नेपाली शान्ति सैनिकको टोली शान्ति स्थापनार्थ दक्षिण सुडान प्रस्थान गरेको छ ।

नियमित प्रक्रिया अनुसार आज बिहान नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन सुडान प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । सेनाले दक्षिण सुडानको शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदल बदल भएको जानकारी दिएको छ ।
दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही असोज २० गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।





