नेकपा संसदीय दलको बैठक सकियो : प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी



काठमाडौं । प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्