डाक्टर केसीका मागमाथि ऐक्यवद्धता जनाउँदै काँग्रेसको २२ मिनेट धर्ना



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अनसनरत डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न सरकारसँग माग गरेको छ ।

सोमबार त्रिवि शिक्षण अस्पतालमा शान्तिपूर्वका प्रदर्शन गरेर काँग्रेसले केसीले राखेका माग पूरा गर्न सरकारले वार्ता गर्नुपर्ने बताएको हो ।

अनसन बसेको २२ दिनसम्म सरकारले केसीसँग वार्ता नगरेको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले केसीसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।

सरकारले तत्काल वार्ताका लागि समिति बनाउनुपर्छ , शर्माले भने सरकारले आँखा खोलोस् । डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । डाक्टर केसीको माग पूरा गरी सरकारले अनसन तोडाएर जीवन रक्षा गर्नुपर्ने प्रवक्ता शर्माले बताए ।

काँग्रेसको प्रचार विभागले डाक्टर केसीका मागमाथि ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेको हो । काँग्रेसले डा.केसीको अनसन २२ दिन पुगेकाले आज २२ मिनेट धर्ना दिएको हो ।

प्रतिक्रिया दिनुहोस्