सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु



मकवानपुर । भिमफेदी गाउँपालिका-६ गढीस्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ४१०६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मोटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई उपचारका लागि हेटौंडातर्फ पठाइएको छ । दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्