
सुनसरी । बराहक्षेत्र नगरपालिका-७ बुद्ध चौकबाट करिब १० किबि अवैध सालको काठ आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
अस्थाई प्रहरी पोष्ट बाङेबाट खटिएको प्रहरीले बिचपानीबाट चक्रघटीतर्फ आउँदै गरेको को.२ ह८२४७ नम्बरको सिटि जाँच गर्ने क्रममा उक्त काठ फेला पारी बरामद गरेको हो ।
बरामद काठ आवश्यक कारवाहीका लागि ईलाका वन कार्यालय महेन्द्रनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।





