तास खेलिरहेको अवस्थामा पक्राउ



भक्तपुर । सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित पुर्वेली खाजा घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त खाजा घरका संचालक वालकोट बस्ने सोलु नेचा घर भएका ४१ वर्षीय तेन्जो राई, सुनसरी धरान उपमहानगरपालिका-१५ भएका ३४ वर्षीय दिपेन्द्र लिम्बु, सोही ठाउँ घर भएका ३६ वर्षीय हरि बहादुर सिंजाल मगर, उदयपुर गाईघाट नगरपालिका-१३ घर भएका ३६ वर्षीय शंखर रेग्मी र रामेछाप मन्थली नगरपालिका-१ घर भएका २६ वर्षीय नितेश घिमिरे रहेका छन् ।

उक्त खाजा घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० हजार २ सय ९० रुपैयाँ र ५ बुक तास सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्