प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ



भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-७ सिद्धिकालीमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर सिद्धिकाली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका ३३ वर्षीय जीवन मल्ल र भक्तपुर चाँगुनारायणण नगरपालिका-१ सरस्वतीखेल बस्ने ३६ वर्षीय सुदन रोक्का रहेका छन् ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई उनीहरुले मादक पदार्थ सेवन गरी हातपात गरी अभद्र व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्