दशैंमा अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (कोभिड-१९ )को संक्रमण बढिरहेको भन्दै अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गरे ।

उनले जो जहाँ जुन अवस्थामा छ, त्यही नै दशैं मनाउन अपिल समेत गरे । पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् ।

आइतबार मात्रै आज देशभरी २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्