भक्तपुरमा बसभित्र किशोरीको सामुहिक बलात्कार, दुई पक्राउ



काठमाडौं । बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको बलत्कारपछि हत्या भएको केही दिन नबित्दै फेरी भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामुहिक बलात्कार भएको छ ।

भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् ।

रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाले जानकारी दिए ।

लठ्ठिने औषधी खुवाएर १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन् ।

उनीहरूले ती किशोरीलाई १६ र १७ गते पटक-पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्