‘कहाँबाट खस्छ आँसु’



-अमित संग्रौला बिर्तामोड झापा

कहाँबाट खस्छ आँसु

यसको स्वाद गन्ध कस्तो हुन्छ ?

मनको बाटो हुँदै हृदयमा पुगेपछि

टप्प झर्छ मान्छेको आँसु ।

जब मान्छेभित्र दुःखदको

पहाड खस्छ नी !

सहन नसकेपछि झर्छ मान्छेको आँसु

दुखमा आँसु देख्नुभएको छ तपाईंले ?

अथवा आँसु भित्र दुस्ख देख्नु भएको छ ?

हो त्यति सजिलै झर्दैन आँसु

ऊ शान्त हुन्छ स्तब्ध हुन्छ

ऊ मौन हुन्छ अरु विकल्प रहदैँन

त्यतिखेर आँसु खस्छ ।

कोही हासेर दर्द लुकाउछन्

कोही भने रोएर मन शान्त बनाउछन्

आँसुभित्र कति पीडा छ

के तपाईंले अनुभव गर्नु भएको छ ?

कति कोमल छ मानिसको हृदय

कसैको दुःख देख्न चाहदैन

पीडा कसैको देख्न चाहदैन

कोही रोयो भने रुन मन लाग्ने गर्छ ।

जब म अखबारबाट पाना खोल्छु

र पढ्छु सफलताको कथा

टिभी पनि हेर्ने गर्छु

सफल जीवनका कथाहरु

मन थामिदैन यस्तो लाग्छ

जो आँसु पिएर संघष गरे

ऊनी जीवनमा सफल भएँ ।

अनि म सोचिरहेको हुन्छु

किन झर्छ आँसु ?

कहाँबाट बग्छ आशुको धारा ?

मनको बाटो हुँदै हृदयमा पुगेपछि

टप्प झर्छ मान्छेको आँसु ।

प्रतिक्रिया दिनुहोस्