
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र केही कर्मचारीलाई कोरोना देखिएको छ ।
सर्वोच्च अदालत प्रशासनले एक सूचना जारी गर्दै न्यायाधीश, अधिकृत र कर्मचारीलाई कोरोना देखिएको जनाएको छ। सूचनामा नाम भने उल्लेख गरेको छैन। कति जना कर्मचारीमा कोरोना देखिएको हो भन्ने पनि सूचनामा उल्लेख छैन।
सर्वोच्च अदालत स्रोतले न्यायाधीश भण्डारी र अरू तीन कर्मचारीलाई कोरोना देखिएको बताएको छ। कर्मचारी हरि भट्टराईले पनि आफूलाई कोरोना संक्रमण भएको बताए।





