
जनताको सुरक्षाको लागि प्रहरीको आवश्यकता पर्दछ । प्रहरीलाई जनताको सुरक्षाको लागि खटाइएको हुन्छ । तर प्रहरीबाटै जनता असुरक्षित हुन थालेभने आगामी दिनमा प्रहरीमाथि जनताले विश्वास गर्न मुश्किल हुन्छ ।
नेपाल प्रहरीबाट अवकास प्राप्त प्रहरी नायव उपरीक्षक ९डिएसपी० कृष्ण खड्कालाई साईबर अपराध मुद्दामा अदालतले ५० हजार जरिवाना हुने फैसला गरेको छ ।
खड्काले चलाउने गरेको फेसबुक अकाउण्टबाट आफ्नै बुहारीलाई अश्लील गाली प्रयोग गरेर म्यासेज पठाएपछि ०७५ असोजमा महानगरीय अपराध महाशाखाले उनलाई पक्रेको थियो । भाईबुहारी समुना खड्काले उनीबिरुद्ध जाहेरी दिएकी थिइन् । कानूनी नियमअनुसार उनले ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।





