कोरोनाका कारण आज बस्ने भनिएको नेकपा सचिवालाय बैठक अनिश्चित



काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अनिश्चित भएको छ । बैठक साँझ ४ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो ।

‘बैठक स्थगित वा सरेको भनेर सूचना आइसकेको त छैन, तर प्रधानमन्त्रीको सचिवालयका ५ जना सदस्यहरुलाई कोरोना भाइरस पुष्टि भएपछि अनिश्चितता बढेको छ । यस्तो अवस्थामा बैठक सार्दा राम्रो हुन्छ’, एक सचिवालय सदस्यले भने, ‘बरु एकदुई दिनपति बस्दा पनि फरक पर्दैन’ ।

प्रतिक्रिया दिनुहोस्