युवा नेता गगन थापामा कोरोना संक्रमण पुष्टि




नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि नेता थापाले भने, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु। यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु’।

थापासँगै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठलगायतमा पनि कोरोना पोजेटिभ भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्