
हुम्लाको सिमकोट गाउँपालिका–७ ओख्रेनामा बस्ने २३ बर्षकी श्रीमतीलाई परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै आफ्नै श्रीमानले दिसा खुवाएर गाउँ डुलाएका छन् ।
आफ्नै श्रीमतीमाथि यस्तो अमानवीय व्यवहार गरेपछि यतिबेला उक्त पुरुष पक्राउ परेका छन् । परपुरुषसँग लागेको आरोपमा श्रीमान र गाउँलेले कुटपिट गरेर आफूलाई दिसासमेत खुवाइएको ती महिलाले प्रहरीसमक्ष बताएकी छन् । मुखमा मोसो दलेर जुत्ताको माला समेत लगाएको महिलाले भनेकी छन् ।
पिडित महिलाका श्रीमान सहित ७ जनालाई प्रहरीले पक्राउ गरेर छानबिन गरिरहेको छ ।





