मुसा हेर्नेको भिड, यस्तो छ कारण (भिडियो सहित)



हामीले थाहा पाए अनुसार मुसाको आकार औषतमा ८ देखि १० इन्चभन्दा बढी हुदैँन । तर मेक्सिको सिटीमा एउटा अनौठो खालको मुसा फेला परेको छ । जसले सबैलाई चकित बनाएको छ ।

मेक्सिको सिटीमा नाला सफा गर्ने क्रममा सफाई कर्मचारीले एक विशालकाय मुसा फेला पारे । उक्त मुसाको भिडियो रातारात भाइरल समेत भयो । विशालकाय मुसा देखेपछि त्यसलाई हेर्न स्थानियको भिड नै लागेको थियो ।

तर वास्तवमा उक्त मुसा सक्कली नभएर नक्कली भएको पुष्टि भएको छ । उक्त मुसा हैलोवीन पार्टी पश्चात नालामा फ्याकिएको अनुमान गरिउको छ । तर यो कुरा पुष्टि भने भएको छैन । तर हेर्दा मुसा नक्कली नभएर हुबहु सक्कली नै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्