आज बस्ने भनिएको नेकपा सचिवालयको बैठक भोलि बसिने



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बालुवाटारमा बसिने भनिएको बैठक भोलि बसिने भएको छ ।

भोलि अपराह्न ४ बजे बालुवाटारमा बैठक बसिने भएको जानकारी प्राप्त भएको छ ।

नेकपामा मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा नेताहरुबीच एकरुपता छैन । प्रधानमन्त्री तथा अध्यष ओली आंशिक पुनर्गठनको पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड अपवाद बाहेक पुरै मन्त्रिहरु परिवर्तन गर्नुपर्ने अडानमा छन् ।

भोलि बैठकमा विशेष यसै सन्दर्भबारे छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्