
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमा ट्वीट गर्दै ट्रम्प र उनकी श्रीमतीको स्वास्थ लाभको कामना गरेका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि यतिबेला ट्रम्पका दम्पत्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।





