
हिजोमात्र खोलामा नुहाउने क्रममा बेपत्ता भएका बाजुरा, हिमाली गाउँपालिका–५ कवाडीका ५ जना अहिलेसम्म भेटिएका छैनन् ।
खोलाले बगाएर बेपत्ता हुनेमा सत्ता नेपालीलगायत उनकी छोरी ५ वर्षकी आरती, ४ वर्षकी सन्तोषी, १ वर्षीया छोरी किस्मती र २ वर्षीय छोरा सम्मान रहेका छन् ।
यतिबेला उनीहरुको तिव्र रुपमा खोजी भैरहेको छ ।





