
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएपछि यतिबेला उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
ह्वाइट हाउनसले विज्ञप्ति जारी गर्दै सावधानी र होसियारी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टल रीड नेशनल मिलिट्री अस्पताल लैजाने निर्णय गरिएको जनाएको छ।
ट्रम्पको स्वास्थ्यमा त्यतिधेरै समस्या त देखिएको छैन र केहीदिन देखि उनलाई थकान महशुस भैरहेको जानकारी प्राप्त छ । अन्य कोरोनाको लक्षण खासै नदिएकाले ट्रम्प चाडैँ निको भएर घर फर्कने विश्वास गर्न सकिन्छ ।





