नेकपा सचिवालय बैठक आज बालुवाटारमा, मन्त्री हेरफेर विषयमा छलफल गरिने



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा पछिल्लो समयमा मन्त्रिपरिषदले गरेको केही नियुक्तिबारे छलफल गरिने बताइएको छ ।

पार्टीभित्र छलफल गरेर मात्रै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने भनिए पनि प्रधानमन्त्री ओलीले एकलौटी ढंगले राजदूतसहितका केही महत्वपूर्ण निर्णय गरेको भन्दै आलोचना सुरू भएको छ । नेताहरूले बैठकमा त्यसबारे प्रश्न उठाउने छन् ।

प्रतिक्रिया दिनुहोस्