मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न ओली–प्रचण्डबीच भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको छ । दुई दिनको मौनता तोड्दै शुक्रबार दुई नेताले भेटवार्तालाई पुनः निरन्तरता दिएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । मन्त्रिपरिषद पुनर्गठनबारे कुरा नमिल्दा उनीहरुबीच मंगलबारपछि भेटवार्ता हुन सकेको थिएन ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत बिहीबारयता निरन्तर दैनिकजसो भेटवार्ता हुँदै आएपनि मङगलबारपछि त्यो क्रममा ब्रेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्