
काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली महाँकाल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका-१ घर भएका ३७ वर्षीय कुल बहादुर खत्री आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कास्की, पोखरा महानगरपालिका-३३ भरतपोखरी वरपौवा बस्ने ६० वर्षीय बल बहादुर नेपाली आफ्नै घरभित्र खाटमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
जाजरकोट, छेडागाड नगरपालिका-९ पजारुस्थित कालापहाडको जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





