
बर्दिया । बासगढी नगरपालिका-५ बस्ने ३५ वर्षीय टेक बहादुर डाँगीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । सोही नगरपालिका-९ माछागढ चिसापानी चोकमा बिजुलीको पोलमा वाईफाईको तार जोड्ने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





