“सरकारले मन्त्रालय फुटाए घोर विरोधमा उत्रिन्छौँ” : रामचन्द्र पौडेल



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन् । सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी भित्र केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल भइरहेको कुरा बाहिरिएपछि नेता पोैडेलले बिहीबार सो चेतावनी दिएका हुन् ।

उनले भने, जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा हामी उत्रने छौं । नेकपा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाएर दुईवटा अलग मन्त्रालय बनाइने विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्