मुख्यसचिवमा शंकरदास बैरागी, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत



काठमाडौँ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण तीन निर्णय गरेको छ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।

बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्