मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद‍‍्को बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र विस्तारबारे छलफल हुने बुझिएको छ । केही मन्त्रालय टुक्र्याएर थप मन्त्रालय बनाउने तथा मन्त्रीहरुको हेरफेर गर्नेबारे नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्