
काठमाडौं । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट ७ किलो ५ सय ग्राम अवैध लागूऔषध अफिम सहित रोल्पा परिवर्तन गाउँपालिका-१ बस्ने ५० वर्षीया सिता रोकालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु.१ ह १५७ नम्बरको अटोमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी पक्राउ गरेको हो ।
साथै अटो चालक शिवराज नगरपालिका-५ बस्ने शुशिल क्षेत्री समेतलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, बिर्तामोड नगरपालिका-३ सैनिक मोडबाट करिब १३ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कचनकवल गाउँपालिका-३ बस्ने २२ वर्षीय सदाम राजबंशी र सोही गाउँपालिका-४ बस्ने ३९ वर्षीय नर बहादुर राजबंशी रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकाँडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट ४ ग्राम ब्राउनसुगर सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानरगपालिका-४ बसपार्क बस्ने २३ वर्षीय मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाउँपालिका-३ बस्ने २७ वर्षीया सपना पुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँके तथा लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने २० वर्षीय रेशम कुमार विकलाई १ ग्राम ७ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आईरहेको भे.१ ज ९९८ नम्बरको फोर्स गाडीमा जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई कम्मरमा बाँध्ने ब्यागभित्र उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट ४ ग्राम २ सय ७० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ३८ वर्षीय मानबजंग शाह र ३४ वर्षीय सन्तोश भट्टराई रहेका छन् ।
प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको लु.४४ प २४४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी चालक शाह र स्कुटरमा सवार भट्टराईलाई पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-५ आनन्द चोकबाट करिब ३ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मेचीनगर नगरपालिका-१३ चारआली बस्ने २२ वर्षीय बिनायक मानन्धरलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मानन्धरको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





