२५ हजार घुस लिएको आरोपमा खानेपानी संस्थान पोखरा शाखाका वाग्लेविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल खानेपानी संस्थान, पोखरा शाखा, बिन्दवासिनी इकाईमा सहायकरप्रशासन पदमा कार्यरत कृष्णहरि वाग्लेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वाग्लेले सेवाग्राहीसँग खानेपानीको धाराको मिटर बिग्रिएकोले उक्त मिटरका कारण बढी उठेको महसुल रकम मिलाई नयाँ मिटर परिवर्तन गरिदिने भन्दै सेवाग्राहीबाट रु. २५ हजार घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो ।

निजले खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्