‘नेपाली आकासमाथि अमेरिकी बादल’



हस्तबहादुर केसी

नेपाली आकासमाथि

मडारी रहेछ

अमेरिकी कालो बादल

नेपाली धर्तीमा

असिना पानी

बर्षाउने गरी द

नेपाली आकाशमाथि

मडारी रहे छ

अमेरिकी कालो बादल

आँधी हुरी

असिना पानी बनेर

नेपाली धर्ती

बगाउने गरी

सुनामी बनेर

वर्षौ पहिल्यै

कालो र अनैतिक

सम्झौता गरी

सकेको रहे छ

मेरो देशको

दुष्ट र दलाल मालिकले

चार वर्षपहिल्यै

कालो कागजमाथि

हस्ताक्षर गरी सके छ

दुई दुई पटक

ह्वाइटहाउसमै पुगेर

मेरो देशको दलाल मालिकले

यतिबेला हाम्रो देश

ढिस्कोमाथिको बस्ती झै

पर्खेर बसेको छ

भीषण पहिरो आउने हो

भनेर त्रसित मनस्थिति लिएर

मेरो देशको दुष्ट मालिक

मेरो देशको दलाल मालिक

मेरो देशको अराष्ट्रिय मालिक

पहिल्यै बिक्री भई सकेछ

अरबौ डलरमा

मेरो देशको दुष्ट मालिकलाई

उहिल्यै खरिद बिक्री

गरी सकेछ पराइले

मेरो देशको दलाल मालिक

उहिल्यै ल्यानदुप दोर्जे

भइसकेको रहे छ

स्वाभिमानी नेपाली

जनहरुलाई छलेर

मेरो देशको अराष्ट्रिय मालिकले

उहिल्यै योजना बनाई सकेछ

र, सम्झौता गरी सकेछ

नेपाललाई

अफगानिस्तान सिरिया इराक

बनाउने भनेर

त्यसैले ,

मेरो देशको जीवन र रक्षाको लागि

राष्ट्रप्रेमी देशभक्तजनहरु

बिहानै मिठो निद्राबाट

ब्यूँउते झै गरी

जुरुक्क उठेर

देशभक्तिपूर्ण युध्दमा

भाला छुरी र बन्दुकै

बोक्न परे पनि

मेरो प्यारो धर्तीमा

रगतको खोलो बगाउनु परे पनि

देशभक्तिपूर्ण आन्दोलनमा

लामबध्द हुनुको विकल्प छैन

निधारमा रातो कफन बाँधेर

मर्नै परे पनि मातृभूमिको निम्ति

वीर नेपालीको पहिचाहन दि

अमर भै मरौँला ।

प्रतिक्रिया दिनुहोस्