बाबुरामले सर्वसाधारणलाई बाँडे खाना



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले राजधानीको खुल्लामञ्च पुगेर सर्वसाधारणका लागि खाना खुवाएका छन् । बुधबार बिहान खुलामञ्च पुरानो बसपार्कस्थल पुगेर नेता भट्टराईले सर्वसाधारणलाई खाना खुवाएका हुन् ।

कोरोना महामारीका कारण भएको लकडाउनका कारण कष्टप्रद जीवन विताउँदै आएका सर्वसाधारणलाई केही समयदेखि हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई खाना खुवाउँदै आएका छन् ।

यही क्रममा भट्टराई बुधबार बिहान खाना बाँड्न पुगेका हुन्। भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्