ओली–प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित, मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ । ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत बिहीबारयता दैनिकजसो भेटवार्ता हुँदै आएको थियो । मंगलबार दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएपनि अध्यक्ष प्रचण्डले आजको भेटवार्ता स्थगित गर्न आग्रह गरेपछि भेटवार्ता स्थगित भएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

उनले बुधबार हुने भनिएको दुई अध्यक्षबीचको भेटवार्ता स्थगित भएको तर कारणबारे आफूलाई थाहा नभएको जानकारी दिए । ‘अध्यक्ष प्रचण्डबाट भेटवार्ता स्थगित गराँ भन्ने खबर आएकाले बुधबार हुने भनिएको वार्ता स्थगित भएको छ । कारण के हो भन्नेचाहिँ थाहा भएन’, नेम्वाङको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्