वामदेव गौतमको मुद्दा प्रधानन्यायाधीशसहित पाँच जनाको संवैधानिक इजलासमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गोतमविरुद्ध परेको मुद्दमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संबैधानिक इजलासमा बहस हुने भएको छ ।

गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनू भनेर सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

उक्त मुद्धालाई आजको पेसी सूचीमा इजलास नं पूर्ण १ मा राखिएको छ । यो संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अतिरिक्त न्यायाधीशहरु दीपककुमा र कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा छन् ।

असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमले संसद सदस्य भन्दा माथिको पद लिन नपाउने अन्तरिम आदेश गर्दै आजको लागि सुनुवाई तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्