बारा । बिश्रामपुर गाउँपालिका-३ बस्ने उमेश पण्डितको १० वर्षीय छोरा कुन्दन पंडितको सोमबार दिउँसो नदीमा डुबेर मृत्यु भएको छ ।
सोही गाउँपालिका-४ खुदिया टोलस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





