
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिँदा उनी घाइते भएका छन् ।
स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको हो ।
स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए ।
‘उहाँको खुट्टा र कुमनेर चोट छ,’ नेपालीले भने, ‘स्कुटीमा अनामनगरतर्फ आउँदै गर्दा उहाँलाई माइक्रोले ठक्कर दिएको हो।’





