पर्यटन पुनरुत्थान कार्यदल – नेपाल को औपचारिक समुदघाट्न



काठमाडौं । (कोभिड–१९) महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम पर्यटन पुनरुत्थान टास्क फोर्स – नेपाल स्थापना भएको छ । विश्व पर्यटन दिवशको अवसरमा काठमान्डौको नयाँ बानेस्वर स्थित द एवेरेष्ट होटलमा आयोजित एक बिशेष कार्यक्रमका बीच आज पर्यटन पुनरुत्थान टास्क फोर्स – नेपाल औपचारिक समुदघाट्न गरिएको हो ।

उचीत, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहनुभएका निर्णयकर्ता तथा नीति निर्माताहरुमाझ पर्यटन बारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायहरु बीच परिणाममुखी समन्वय स्थापना गराउन, र देश भित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरु तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय तथा प्रभावकारी संचार गर्र्ने कार्यमा केन्द्रित रहने गरी यस कार्यदलले कार्यक्रम तथा गतिविधीहरु गर्ने छ ।

यसका साथै पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि नेपालमा भैरहेका राम्रा प्रयासहरु तथा आवश्यक तैयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सम्बन्धित निकायहरु लार्ई सुझाउने एवं सिमीत साधन र स्रोत भए पनि केही कार्यक्रमहरु आफै सन्चालन गर्नेछ । पहिचान गरिएका १० वटा च्यानलहरुबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमीत रुपमा सम्प्रेषित गरिनेछ ।

बहुआयामीक उद्योगका रुपमा चिनिएको पर्यटन क्षेत्रको नेपालको समृद्धि यात्रामा उल्लेख्य भूमिका र योगदान रहेको छ । विश्व पर्यटन परिषदको सन् २०१९को तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ भने करीब ११ लाख जनशक्तिका लागि पर्यटन क्षेत्रले रोजगारका अवसरहरु सिर्जना गरेको छ । विदेशी पर्यटकको खर्चबाट आर्जन हुने निर्यात आम्दानीमा ३०.८ प्रतिशतको योगदान रहेको छ । कोभिड–१९ महामारीले हाम्रो स्वास्थ्य र जनजीविकामा मात्रै हैन अर्थतन्त्रमा पनि ठूलो चुनौती थपेको छ । यस संकटको घडीमा सुुरक्षाका मापदण्ड अपनाउँदै पर्यटनका गतिविधि सुचारु हुँदा रोजगार र व्यवसाय पुनः सुचारु गर्न र पर्यटन पुनरत्थान हुन जानेछ ।

प्राथमिकताहरु निर्धारण गर्दै तत्काल सक्रिय हुनु पर्ने टड्कारो आवश्यक्तालाई लाई मध्येनजर गर्दै परिणाममूखि कार्य–योजना र सरभाइभल, रिभाइभल, तथा थ्राइभलको स्पष्ट रणनीतिका आधारमा कार्यक्रम तथा गतिविधिहरु तय गरी त्यसमा सबेै मुख्य सरोकारवालाहरुको प्रयासलाई जोड्दै छिटो भन्दा छिटो पर्यटन पुनरुत्थान गर्न यो कार्यदल लागि पर्नेछ ।

सोच बनेको केहि दिन भित्रै पर्यटन पुनःसंचालनका लागि पर्यटन क्षेत्रको तैयारीका सन्दर्भमा सर्भेक्षण गर्ने, सुरक्षा मापदन्ड सम्बन्धि सूचना तथा जनचेतनाका सचित्र सामग्री तैयार पार्ने, विदेशका अन्य गन्तव्यहरुमा भैरहेका अभ्यासहरुका बारेमा तथ्य तथा सूचना संकलन गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वातावरण बनाउने र प्रवद्र्धन गर्ने जस्ता कार्यहरु शुरु गरिसकेको यस कार्यदलले आगामी दिनमा आन्तरिक पर्यटनका लागि, सुरक्षा मापदन्ड पालना गर्न लगाउनका लागि, सरोकारवाल संस्थाहरुको भूमिका उत्सािहत बनाउनका लागि, स्रोत बजारको बुझाई र नेपालले गर्नु पर्ने थप तैयारी जस्ता विषयहरुमा नियमीत सम्वाद श्रृखंला सुचारु गर्ने छ । यसै सन्दर्भमा यस पहलका लागि एक छुट्टै वेभसाईट धधध।तचतालभउब।िअयm पनि आजैका मितिदेखि सूचारु गरिएको छ । पर्यटन क्षेत्रमा देखिने कमीहरु लाई घटाउन र हटाउन यो कार्यदल पर्यटन पुनरुत्थान नहुन्जेल सक्रिय रहनेछ ।

यसै सन्दर्भमा आज २०७७ असोज १० गतेका दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननिय मन्त्रि श्री योगेश भट्टराईज्यूले पर्यटन पुनरुत्थानका लागि भएको यस पहलको प्रशंसा गर्दै पर्यटन प्नरुत्थानको पहिलो पाइला स्वरुप देशदर्शन कार्यक्रमको लन्चिंग गर्नुभयो र सबै सरोकारवालाहरु एक भएर लागेमात्रै पर्यटन पुनरुत्थान छिटो हुन सक्ने भन्दै सबैलाई पर्यटनका लागि संगसंगै हुन अनुरोध पनि गर्नु भयो ।

कार्यक्रममा,पर्यटन सचिव श्री केदार बहादुर अधिकारी ज्यूले पर्यटन पुनरुत्थान कार्यदलद्वारा ग्रामिण गन्तब्य सशक्तीकरण अभियान को तालिम निर्देशिकाको समुदघाटन गर्नुभयो। वहाँले निजी क्षेत्रद्वारा पहल गरिएको पर्यटन पुनरुत्थान कार्यदलको प्रशंशा गर्दै स्थानीय तथा प्रादेशिक सरकारहरुसंग थप समन्वय र सहकार्य गरी थप प्रभावकारी कार्यहरु बढाउन सुझाव दिनुभयो ।

हरेक संकटबाट छिटो पार पाउनकालागि बलियो समन्वय र प्रभावकारी सन्चार अत्यन्तै आवश्यक रहने हुँदा सम्पूर्ण सरोकारवाला संघसंस्था, व्यतिm तथा संचारकर्मी साथीहरुलाई यस पहललाई थप अपनत्व ग्रहण गरी विशेष सहयोग पु¥याईदिनुहुन पर्यटन पुनरुत्थान कार्यदल हार्दिक अनुरोध गर्दछ ।

पाटा नेपाल च्याप्टर र स्कल नेपालबाट अघि बढाईएको यस पहलमा पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सल्लाहकार, मुख्य छाता संगठनहरु संस्थागत संरक्षक, स्वास्थय तथा सुरक्षा निकायका संस्थाहरु स्वास्थ्य तथा सुरक्षा संरक्षक, नेपाल पर्यटन बोर्ड पर्यटन उद्योग संरक्षक रहेका छन । नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी प्रमुख तथा विश्वव्यापी रुपमा पर्यटन पुनरुत्थानकालागि शुरु भएको अभियान रिब्यूल्डिंग.टाभलका कार्यदल सदस्य श्री दीपक राज जोशी यस पहललाई अघिब ढाउने र आवश्यक समन्वय गर्ने संयोजकका रुपमा रहने छन ।

त्यसैगरी पाटा नेपाल च्याप्टरका सचिव श्री खेम लकाई कार्यदलको प्रवक्ता रहनेछन भने पाटा नेपाल च्याप्टरका सीइओ श्री सुरेश सिंह बुडालले कार्यदलको सचिवालय व्यवस्थापन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्