एनआरएनए एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय भेला तथा विज्ञ सम्मेलनको उद्धघाटन शत्र सम्पन्न



काठमाडौं । गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको औपचारिक उद्घाटन भएको छ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अनलाइन माध्यमबाट संघको भेलाको संवोधन गर्दै औपचारिक उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री ज्ञवालीले नेपालको विकासमा गैरआवसीय नेपालीको योगदान अतुलनीय रहेको बताउँदै विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताउनुभयो । कोभिड १९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको सम्मृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउादै मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीले सिकेको ज्ञान, सिप हस्तान्तरणको खााचो औल्याउनुभयो ।

मन्त्री ज्ञवालीले (कोभिड-१९) को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फीर्ता गर्ने कार्य तीब्र गतिमा भइरहेको जानकारी गराउादै वर्तमान असहज परिस्थितिलाई अरु बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गर्नुभयो । विदेशबाट फर्काउने क्रममा केहि कठिनाई भएको स्वीकार्दै मन्त्री ज्ञवालीले हाल असहज परिस्थिति भएकाले पनि सोचे जस्तो नहुन सक्छ भन्ने कुरा बुझिदिन आग्रह गर्नुभयो ।

मन्त्री ज्ञवालीले तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताउनुभयो । भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरि करिव १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल १० लाख नेपालीलाई रोजगारी सिर्जना गर्नु अर्को चुनौती रहेको पनि बताउनुभयो ।

नेपालको आर्थिक सम्मृद्धिमा गैरआवासीय नेपालीको योगदान रहेकोले अब नेपालमा लगानी गरि रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गरिदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपालीहरु लगानी गर्न इच्छुक रहे पनि नेपालमा त्यो अवस्था नरहेको भन्दै सरकारलाई लगानी गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

पूर्व अध्यक्ष हिराचनले एनआरएनएको १७ वर्षे इतिहासलाई समिक्षा गर्नुपर्ने खाँचो औल्याउँदै कुनै कार्यक्रम गर्न अब काठमाडौंमा करोडौ खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य भएको पनि बताउनुभयो ।

गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुले (कोभिड-१९) को बेलामा एक कदम अगाडि बढेर सेवा गरिरहेको बताउनुभयो । प्रमुख संरक्षक घलेले एसिया प्रशान्त क्षेत्रबाट नेपालमा जुनसुकै बेला पनि सहयोग हुने गरेकोमा धन्यवाद दिनु भयो ।

अष्ट्रेलियाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई यहाँको स्थानीय सरकारले १ लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिनुहुँदै आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघले प्रविधिलाई समय सापेक्ष उपयोग गर्दै स्मार्ट एनआरएनको प्रोजेक्टलाई लागू गर्न लागिरहेको जानकारी गराउनुभयो । संघमा ब्यापक पुनरसंरचनाको खाँचो रहेको महसुस गर्दै स्मार्ट एनआरएन प्रोजेक्ट अगाडि बढाइएको पनि अध्यक्ष पन्तले जानकारी गराउनुभयो ।

कोभिड १९ प्रभावीत नेपालीहरुको लागि आइएलोबाट संघलाई १० करोड सहयोग प्रदान भएको जानकारी गराउनुहुादै अहिले संघको सम्पूर्ण ध्यान विदेशमा रहेका नेपालीमा केन्द्रित रहेको पनि बताउनुभयो ।

त्यस्तै, अध्यक्ष पन्तले संघको विशेष महाधिवेशनको लागि परराष्ट्र मन्त्रालयमा निवेदन पेस गरेको जानकारी गराउनु हुँदै अनलाइन माध्यमबाट विशेष महाधिवेशन गर्ने अनुमति पाएपछि र विशेष महाधिवेशन सम्पन्न गरिने बताउनु भयो । यसरी नै उहाँले नेपालको आर्थिक सम्मृद्धिमा थप योगदान गर्न गैरआवासीय नेपालीहरु लागिपरेको बताउनु भयो ।

कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत महामहिम भीम उदास, नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलालगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधिको हस्तान्तरण गर्दै मुलुकको सम्मृद्धिमा लगाउनुपर्नेमा जोड दिनुका साथै कोभिडका कारण अझ अलपत्र परिरहेकाहरुलाई नेपाल फर्काउन नेपाल सरकारसंग आग्रह गर्नु भयो ।

आयोजक समितिका संयोजक तथा एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ (रोविन्द)को सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक द्वय पारसमणी पोखरेल र खगेन्द्र न्यौपानेले स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका आइसिसी पदाधिकारीहरु, आइसीसी सदस्यहरु, आइसीसी सल्लाहकारहरु, पूर्व पदाधिकारी, आइसिसि सदस्यहरु तथा सल्लाहकारहरु, मानार्थ परिषदका सदस्यहरु एनसीसी अध्यक्ष तथा सदस्यहरु लगायत गैरआवासीय नेपाल अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचारकर्मी कृती भट्टराईले सञ्चालन गर्नुभएको थियो ।

घरफिर्ती, पुनः एकीकरण र रोजगारलाई सहज बनाउन जोड

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मूख्य शत्रका रुपमा ‘आप्रवासी नेपाली कामदार स् स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीहरु वीच छलफल भएको छ ।

आप्रवासी कामदारको घर फिर्ती, पुनएकीकरण र रोजगार सहज हुनु पर्ने सरोकारवालाको जोड छ । कोभिड १९ का कारणका नेपाली कामदारको रोजगार गुमेको हुँदा स्वदेशमा नै रोजगार सृजना गर्न एनआरएन र नेपाल सरकारबीच सहकार्य हुनु पर्ने बताइएको छ ।

कार्यक्रममा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको उद्धार तथा पुनएकीकरणका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले विदेशमा समस्यामा परेका नेपालीलाई निशुल्क उद्धारका लागि पैसा पठाइसकिएको तर सरकारले मात्र स्वदेश फर्कन चाहने सबैलाई ल्याउन नसकिने बताउनुभयो । उहााले भन्नुभयो–‘सबै मिलेर अहिलेको समस्या समाधान गरौ ।’

कार्यक्रममा संघीय सांसद तथा नेपाली कााग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आप्रवासी कामदारको पक्षमा सरकारले वेवास्ता गरेको बताउनुभयो । उहााले भन्नुभयो–‘ पीडामा परेका नेपालीहरुको पक्षमा सरकारले वास्ता गरेको छैन, एनआरएनले प्राथमिकतामा राखेर काम गर्नु खुशीको विषय हो ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, नेपाल सरकारका पूर्व सचिव तथा वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईले आप्रवासी कामदारको घर फिर्ती, पुनएकीकरण र रोजगार आजको मुल विषय भएकाले सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

एनआरएनका उपाध्यक्ष तथा इम्प्लोइमेण्ट एण्ड वेलफेयर डिपार्टका सभापति डा.बद्री केसीले एनआरएन आफैले सहयोग जुटाएर उद्धार तथा सहायता गरिएको बताउनु भयो । उहााले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग हुननसकेकोमा दुस्ख व्यक्त गर्नुभयो ।

एनआरएन सचिव आरके शर्मा, सल्लाहकार द्वय टिबी कार्की र यमकुमार गुरुङ, पूर्व सचिव तथा प्रवत्ता डिबी क्षेत्रीले आप्रवासी नेपाली कामदारको पक्षमा सरकारले त्यति चासो नदिएको बताउनुभयो ।

एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपानेलेले विषय प्रवेश गराएर शुरु भएको कार्यक्रमको समापन एसिया प्यासिफिक संयोजक रोविन्दप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्