जीवन राम श्रेष्ठको संयोजकत्वमा शुक्रराज ट्रपिकल सरुवा अस्पतालको अनुगमन



काठमाडौं । संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले आज मिति २०७७/०६/०८ गते बिहिवार , माननीय जीवन राम श्रेष्ठको संयोजकत्वमा शुक्रराज ट्रपिकल सरुवा अस्पताल टेकुको अनुगमन गरेको छ ।

विभिन्न मिडिया र पत्रपत्रीकामा त्यस अस्पतालमा पिसिआर परिक्षणका लागि अनियंत्रित रुपमा सर्वसाधारणको भिड भई झनै संक्रमणको जोखिम बढेको भन्ने खबर पाएपछी आजै माननीय संयोजकज्यूको निर्देशन अनुसार उपसमितिको सचिवालयले करिब २ बजे अनुगमनका लागि त्यारी गरेको थियो र सोही बमोजिम त्यस अस्पतालको अनुगमन उपसमितिले गरेको थियो ।

उक्त बिषयका सन्दर्भमा अस्पतालका निर्देशक लगायतका पदाधिकारीले विशेषत उपत्यका बाहिर बाट काठमाडौ छिरेकाहरुले घरबेटिले अनिवार्य पिसिआर रिपोर्ट न्ल्याय घरमा बस्न नदिने भन्दै पिसिआर परिक्षणका लागि अनियंत्रित भिड बढेको कुरा उपसमितिलाई जानकारी गराउनुभएको थियो ।

यस सम्बन्धमा माननीय संयोजक जीवन राम श्रेष्ठले अस्पताललाई तुरुन्त भिड ब्यवस्थापनका लागि विकल्प अगाडि चाल्न निर्देशन दिदै उपत्यकाभित्रका वडाका जनप्रतिनिधिहरुले नै आअफ्नो वडामा बस्ने व्यक्तिहरुलाई बस्न ब्यवस्थापनका लागि समन्वय गरि घरबेटीहरुलाई लक्षण देखिएकालाई मात्र पिसिआर परिक्षण गर्न लगाउन सरकार मार्फत उपसमितिले उपत्यकाका नगरपालिकाहरुसङ समन्वय गर्न पहल गर्ने कुरा बताउदै यस सम्बन्धमा आम जनतामा भएका भ्रम हटाउन चेतना अभिबृधी गर्नुपर्ने बताउनुभएको हो ।

उपसमितिका संयोजक माननीय जीवन राम श्रेस्ठ ,मा.तिल बहादुर महत क्षेत्री, मा.अन्जना बिशन्खे, मा। सरिता न्यौपाने , उपसमितिका शाखा अधिकृत अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेत गरि जम्मा ६ जनाको टोलिले स्थलगत अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्