
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डल पुनगर्ठनक अन्तिम तयारीमा लागेका छन् । त्यसका लागि दुई नेता लगातार भेटवार्ता र संवादमा जुटेका छन् । बिहीबार मात्रै झण्डै तीन घण्टा छलफल गरेका दुई नेताले शुक्रबार पनि भेटवार्ता गर्दैछन् ।
दुई अध्यक्षबीच आज हिजोकै निरन्तरतास्वरुप भटवार्ता भएको हो प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने आजको छलफलपछि उहाँहरु टुङ्गोका पुग्ने सम्भावना छ ।
बिहीवार दिउँसो ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मन्त्रिमण्डल पुनगैठनमा अपनाइने मापदण्डका बारेमा छलफल भएपनि पात्रका बारेमा भने सहमति जुट्न सकेको थिएन ।
मन्त्रिमण्डल पुनगर्ठनारे दुई अध्यक्षबीचमा बिहीबारबाट औपचारिक रुपमा छलफलको सुरुवात भएको छ । छिट्टै यसबारे उहाँहरु ठोस निर्णयमा पुग्ने बुझिएको छ प्रचण्ड निकट एक स्थायी समिति सदस्यको भनाइ छ ।
यसअघि गत आइतबार बसेको सचिवालय बेठकमा सरकारलाई थप प्रभावकारी बनाउन आवाश्यक रहेको भन्दै मन्त्रिमण्डल हेरफेर गनृ प्रस्ताव गरिएको थियो । जसमा विभिन्न तीन विकल्पमा छलफल भएपति कुन विकल्प कार्यान्वयन गर्ने भन्नेमा दुई अध्यक्षलाई नै निर्णय गर्ने जिम्मा दिइएको थियो ।





