हप्तामा २ दिन बिदा दिने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

यसअघि यसरी भ्रमण भत्ता तथा हप्तामा २ दिन बिदा दिनका लागि भएका निर्णय अहिले नै विभिन्न संस्थाहरुमा भइरहेको अभ्यासका बारेमा निष्कर्ष सहितको प्रतिवेदन बुझाउनका लागि बनाइएको मन्त्रालयका प्रवक्तासमेत रहेका कमल भट्टराईले जानकारी दिए ।

विगतमा भएका निर्णय, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास, लागत मूल्यांकन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित कार्यदल बनाइएको छ । यसको उद्देश्य भनेको अहिले पर्यटक विदेशबाट आउने सम्भावना छैन । त्यसैले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ कि भनेर यो निर्णय गरिएको हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्