सुघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह परिचालन गरिएको छ,युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुुकुर प्रयोग गरिएको यो पहिलो अवसर हो । विश्वमा भने यस्तो प्रयोग दोस्रो हो ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुर प्रयोग गरिएको थियो । फिनल्याण्डको हेलसिन्कि विमानस्थलमा परिचालित १० कुकुर अनौठो खालका छन् ।
‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन्, जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो ।
हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ । जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ ।