सडक अवरोध



काठमाडौं । पाल्पा, बगनासकाली गाउँपालिका-५ ठाँटी र रम्भा गाउँपालिका-३ जामुनेस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान पहिरो आई रुखसमेत ढलेर सडक अवरोध भएको छ ।

साथै रिब्दिकोट गाउँपालिका-४ भैरबस्थानस्थित तानसेन-रिडी पक्कि  सडकखण्डमा समेत पहिरो आई सडक अवरोध भएको छ । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-९ भैसेस्थित वर्षाको कारण पहिरो आई बिहीबार बिहानदेखि सडकमा अवरोध भएको छ । प्रहरी चौकी बलेफीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पर्वत, कुश्मा नगरपालिका-२ सस्रधारास्थित पोखरा-बाग्लुङ सडकखण्डमा बिहीबार बिहानदेखि पहिरो आई सडक अवरोध भएको छ ।

साथै जलजला गाउँपालिका-८ र्फसेस्थित वेनि-मालढुङगा सडक समेत पहिरोमा आई अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्