अवैध लागूऔषधसहित पक्राउ



काठमाडौं । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बाट करिब ३७ केजी अवैध लागूऔषध चरेस सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने ४० वर्षीया शान्ती तामाङ र रोल्पा शिवराज नगरपालिका-५ बानियाभर बस्ने ३५ वर्षीया बसन्ती घर्ती रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, मलंगवा नगरपालिका-१ भेडियाहीबाट २८ बोतल एकसय एमएलको नियन्त्रित लागूऔषध व्यालरेक्स सहित मलंगवा नगरपालिका-३ बस्ने १९ वर्षीय गणेश साहलाईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्