ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ओली र प्रचण्डबीच साढे ११ बजेबाट भेटवार्ता सुरु भएको पुष्टि गरे ।

दुई अध्यक्षबीच सचिवालय बैठकमा पेश भएर छलफल हुन बाँकी कार्यसुचीका बारेमा थप छलफल हुने बुझिएको छ । दुई अध्यक्षबीचको भेटवार्तापछि सचिवालय बैठक बोलाउने तयारी छ । मंगलबार बसेको सचिवालय बैठकले विविध विषयमा दुई अध्यक्षबीच कुराकानी गरेर सचिवालयमा पुुन छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिएका थिए । सोहीअनुसार बिहीबार दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

सचिवालय बैठकमा यसअघि तय भएका कार्यसूचीमध्ये मन्त्रिपरिषद पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकता र विविध विषयमध्ये तीनवटा विषयमा छलफल भइसकेपनि निर्णय भने केही भएको छैन ।

प्रतिक्रिया दिनुहोस्